के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा

के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा

 के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा आउनुहोस यस बारेमा विश्लेषण गरौ । आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित  एक खतरनाक इलाका  जसमा पानीको चम्किला धार, प्रकाश र फिज देखिन्छ । आन्ध्र महासागरको यही भागलाई बर्मुडा ट्रायगंल भनिन्छ । यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्क जस्ता नराम्रा नामले यो ठाउँ चिनिएको छ।

यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआन बीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्रायगंल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

पछिल्ला १०० वर्षमा यसमा ७५ वटा ठूला जहाज र १०० भन्दा बढी साना पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा १०००भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।  यसकाे रहस्य अझै पनि रहस्यकाे गर्भ भित्रै र के भनिन्छ भने बर्मुडा ट्रायंगलमा कयाैँ एयरक्राफ्ट र जहाजहरू अत्यन्त रहस्यमय ढंगले परिस्थितिवश गायब भएका छन् ।

बर्मुडा ट्रायंगल र ऋग्वेदका बीचमा के सम्बन्ध छ

१. लगभग २३००० वर्ष पहिले लेखिएकाे मानव सभ्यताकाे पहिलाे ग्रन्थरत्न ऋग्वेदकाेअस्य वामस्यमा के भनिएकाे छ भने मंगलकाे जन्म धर्तीमा भएकाे हाे ।

२. त्यसै गरी यस सम्बन्धमा ऋग्वेदमा थप के भनिएकाे छ भने जब धर्तीले मंगललार्इ जन्म दिइन्, तब मंगललार्इ उसकी अामाबाट टाढा गराइयाे । पुत्र वियाेगका कारण घायल भएकाे भूमिले अाफ्नाे सन्तुलन गुमाउन पुगिन् (र पृथ्वी अाफ्नाे कक्षमा घुम्न थालिन् )। त्यस समयमा धर्तीलार्इ सम्हाल्नका लागि सुरबैद्य अश्विनी कुमारले त्रिकोण आकारकाे फलाम उसकाे चोटहिल स्थानमा राखिदिए र भूमि अाफ्नाे त्यही अवस्थामा राेकिन पुगिन् ।

३. यही कारणले गर्दा नै पृथ्वीकाे कक्ष एक विशेष कोणमा झुकेकाे छ, वास्तवमा पृथ्वीकाे यही स्थान नै बर्मुडा ट्रायंगल हाे ।

४. वर्षाैँसम्म धर्तीमा जम्मा भएकाे कारणले त्रिकोणीय फलाम प्राकृतिक चुम्बक बन्न गयाे र यस किसिमका घटनाहरू हुन थाले ।

के लेखिएकाे छ अथर्व वेदमा बर्मुडा ट्रायंगलका बारेमा

१. अथर्व वेदमा कयाैँ रत्नहरूकाे उल्लेख गरिएकाे छ र ती मध्ये एक रत्न हाे दर्भा रत्न हाे ।

२. उच्च घनत्व भएकाे याे रत्न न्यूट्रन स्टारकाे एक साह्रै सानाे  रूप हाे.

३. दर्भा रत्नलार्इ उच्च गुरुत्वाकर्षण क्षेत्र, उच्च कोटिका इनर्जेटिक रेन्जकाे उत्त्सर्जन र हलचल भएका वस्तुहरूलार्इ नष्ट गर्न आदि गुणहरूलार्इ बर्मुडा ट्रायंगल मा हुन जाने घटनाहरूसँग जोड्ने गरिन्छ ।

४. यस क्षेत्रमा दर्भा रत्न जस्ता परिस्थिति हुनाकाे कारण अधिक ऊर्जावान विद्युत चुम्बकीय तरंगहरूकाे उत्त्सर्जन हुन्छ, र वायरलेसबाट निस्कने इलेक्ट्रो-म्याग्नेटिक तरंगहरूकाे यसकाे सम्पर्कमा  आउने बित्तिकै वायरलेस ख़राब हुन जान्छ र त्यस क्षेत्रमा मौजूद हरेक चीज नष्ट हुन जान्छन्।

साभार : ओमकार दर्पण

 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.