के हो सत्सङ्कविस्तार ?

के हो सत्सङ्कविस्तार ?
Madhusudan Subedi

 मधुसूदन सुवेदी

सत्सङ्क शव्द सतां सङ्क यस विग्रहमा सत् शब्द र सङ्क शब्दको समास भई एक पद भएको हो । सज्जनहरूको सङ्कत यसको अर्थ हो । सङ्क भनेको कुनै जन समुदायका साथ वस उठ् रहन सहन गर्नु हो । मोजमज्जामा लागेका मानिसहरूको सङ्कत ग¥यो भने त्यो पनि त्यस्तै ऐहिक आनन्दमा नै लागेको हुन्छ र तिनीहरू जस्तै बन्दछ । त्यस्ता मानिसहरूको सङ्कत नगरी सज्जन साधुहरूको सङ्कत गर्नु पर्दछ भन्ने आशय हो ।

सत्सङ्कतको दृष्टान्त भागवतमा कुमाल कोटिले सानो अर्को किरालाई ल्याइ आफ्ना गुणमा राखी निस्कन नदिई लम्किझम्कि गरी राखि छोड्दा त्यस कीराले रातो दिन त्यही कुमाल कोटिलाई डरले सम्झिराखेपछि  आफू आफ्नो स्वरूपमा भइराखे पनि आफूलाई कुमाल कोटि नै सम्झन्छ ।  त्यसैले जस्ताका साथ हामी बस उठ् गर्दछौं जस्को भनाइमा लाग्दछौं हामीपनि हुँदा–हुँदा त्यस्तै नै हुन्छौ त्यसैले असल मानिसका साथ रहन सहन गर्नु पर्दछ । भन्ने यसको आशय हो । हुनपनि मानव जीवनमा सत्सङ्कतको ठूलो महिमा छ ।

भागवतमा उल्लेख छ,

भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्कमञ्च लभते पुरुषो यदावै ।

अज्ञान हेतु कृत मोहमदान्धकार  नाशं विधाय हि तदोदयते विवेकः ।।

अर्थात् धेरै जन्मको सत्कर्महरू द्वारा प्राप्त भाग्यले मानिसले सत्सङ्क गर्न पाउँदछन् । त्यसरी सज्जनको उपदेश द्वारा अज्ञान जन्य मोह मद्रूपि अन्धकार नाश भइ मानिसमा विवेकको उदय हुन्छ । यो सत् हो सँधै रहन,े यी असत् हुन् सँधै रहदैनन् भनी छान्न सक्तछ र धन जन सम्पत्ति स्त्री पुत्रादि क्षणिक हुन् यसमा आसक्त हुनुहुन्न । सत् नित्य सधै रहने परमेश्वरको आश्रय लिनुपर्दछ भनी त्यसै गर्दछः ।

धर्म शास्त्रमा भनिएको पनि छ—

सत्सङ्कश्च विवेकश्च निर्मलंनयनद्वयम् ।

यस्यनास्ति नरः सोद्रन्धः कथंनस्यात्कुमार्गजः ।।

अर्थात् सत्सङ्क र विवेक यी दुइ निर्मल आँखा हुन् यी दुई मानिसमा छैनन् भने, अर्थात सत्सङ्क पनि गर्दैन विवेक पनि छैन भने आँखा नभएको अन्धो भनिन्छ । यस्ता व्यक्ति नै कुमार्गमा लाग्दछन् । त्यस्तै–

नèम्मयानितीर्थानि नदेवा मृच्छिलामयाः ।

ते पुनन्त्युरुकालेन दर्शनादेव साधवः।।

अर्थात् तीर्थहरूको सेवा र माटा ढुङ्का आदि मूर्तिधारी देवताहरूका सेवा गर्दा धेरै समयपछि मात्र मानिस पवित्र बन्दछ, साधु सज्जनहरूको त दर्शन पाएपछि मानिस चाँडै नै पवित्र बन्दछन् । भागवत्मा परीक्षित राजाले शुकदेवको कृपाबाट सात दिन मानै मोक्ष प्राप्त गरेका थिए् । भक्तिले नारदको अनुग्रहबाट आफ्ना जीर्ण शीर्ण अचेतन ज्ञान वैराग्य दुई पुत्रलाई ह्ष्टपुष्ट सुन्दर बलवान् पारेको पनि प्रसिद्धै छ ।

“सतां सङ्को हि भेषजम्” सज्जनको सङ्क विषय वासनामा फसी दुःख पाएकाको लागि दुःख नाशक औषधी हो भनी सत्सङ्कको महिमामा वर्णित छ । बालख धु्रवले साक्षात् र आमा कयाधूलाई उपदेश दिंदा आमाको गर्भमा बसेका प्रëादले परोक्षबाट नारदद्वारा ठूला महात्मा बनेका कथा प्रसिद्धै छ । सत्सङ्कबाट परमेश्वरका भक्त बनेका अनेकौं उदाहरणहरू पुराणहरूमा प्रशस्त वर्णन गरिएका छन् । तसर्थ भविष्यमा निवृत्त भएपछि त्यस्ता महात्माहरूको सत्सङ्कमा लागि आनन्दसाथ जीवन व्यतित गर्न हामी सबै परमेश्वरका कृपापात्र बनी जन्म सार्थक बनाऔँ चौराशीको चक्करमा नपरौँ मोक्ष प्राप्तगर्र्ने सजिलो मार्ग यही हो भनी सबै सज्जन वर्गमा मेरो नम्र निवेदन छ ।

पशु शारीरिक संंगठनमा मानिस भन्दा ज्यादै अधिक होस् तर उसको आयुष्य स्तर मानिसको तुलनामा ज्यादै हीन हुन्छ – मनुष्य र पशुको आयुष्य स्तरको सन्तुलन गर्दै गएमा जान्न सकिन्छ । यसको एक मात्र कारण जीवन चर्याको मर्यादाको तारतम्य नै भन्न सकिन्छ । पशुले मर्यादा जान्दैन, तर मानिस भने केही न केही नियम पालना गर्दछन् । जसले जति ज्यादा नियम पालना गर्दछन् उ त्यति नै दीर्घजीवी हुन सक्दछन् । यो नै मर्यादा पालनको प्रत्यक्ष लाभ हो ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.