धर्मनिरपेक्ष राज्य र धर्म राज्य

धर्मनिरपेक्ष राज्य र धर्म राज्य
Madhusudan Subedi

मधुसूदन सुवेदी

लोकतन्त्र, गणतन्त्र ल्याएपछि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र (कुनै धर्म नभएको अर्थमा) सैक्यूलर स्टेट (Secular State) घोषणा गरिएको छ । जसको दुई अर्थ हुन सक्छ । (१) धर्म निरपेक्ष राज्य अर्थात् यस्तो राज्य जसमा कुनै पनि धर्मको मान्यता नहोस् । धर्मको अपेक्षा नभएको राज्य धर्मद्वारा उपेक्षित राज्य धर्मसँग असम्बन्धित राज्य

(२) यस्तो राज्य जसमा सबै धर्मको समान आदर होस् र कुनै धर्म विशेषकासाथ पक्षपात नहोस् । यी दुईमा जहासम्म पहिलोको सम्बन्ध छ वर्तमान नेपालका हर्ताकर्ता बताइएका सात दलले यसलाई जुनबाटोमा लागे यसबाट यो राष्ट्र चाँडै नै धर्मनिरपेक्ष अर्थात् धर्मरहित–अधार्मिक राष्ट्र बन्न सक्दछ, यसमा अणुमात्र पनि सन्देह छैन । दोस्रोको सम्बन्धमा हामीलाई नितान्त चिन्ताको विषय हुन्छ । राजनैतिक दृष्टिमा हिन्दुलाई पहिलेदेखि नै सौतेनी आमाको छोरा वरावर मान्दै आएको र त्यो परम्परा आज पनि छ भन्ने स्पष्ट देखियो ।

२०६२।०६३ को आन्दोलन पश्चात् देशको परिस्थिति विग्रदै गयो । विभिन्न सांकृतिक संरचनाहरू भताभुङ्क तुल्याइयो ।  नौ वर्ष वित्दा पनि सो भताभु ङ्क तुल्याइएको सांस्कृतिक संरचनाहरू बनाउने कुनै चासो राजनैतिक दलहरूले दिएको देखिएन याने बनाइएन । नयाँ नेपाल बनाउने भनी नाराबाजी गरेको व्यर्थ हुन पुग्यो । जसले गर्दा नेपालको भाग्य र आयु दशवर्ष पछि धकेलियो । पुनः प्रकृति र भगवान्ले नौ वर्षसम्म पनि नयाँ नेपाल बनाएन भनी २०७२ साल बैशाख १२, १३ र २९ गतेको महाभुकम्प र प्रतिकम्पले गर्दा विभिन्न जिल्लालाई ध्वस्त पारिदियो । जसले गर्दा अब नेपालको भाग्य र आयु २५ वर्षलाई पर धकेलियो । त्यस्तै मधेसी मोर्चाले तीन महिना भन्दा बढी संविधानको खिचलोले आन्दोलन गरेको कारण र भारतबाट आवश्यकीय सामान सोही कारण र सुरक्षाको कुरा देखाई भनेजस्तो गरी आएन । कारण बाध्यतापूर्वक गणतान्त्रिक राज्य बनाइएको र नेपालीलाई बाध्यता तुल्याइएकोले नै नेपालीको दुर्भाग्य मान्नु बाहेक अरू के भन्न सकिन्छ र ।

आज धार्मिक स्वतन्त्रताको आडमा विविधपक्षलाई अँगाली फरक–फरक संस्कृति सभ्यतालाई अवलम्बन गर्दा राष्ट्रविभाजन हुने सम्भावना समेत अनुमानित गरियो । यसै क्रममा हिन्दू सम्प्रदाय पनि आपूmलाई सनातनी हिन्दू बताउदा साम्प्रदायिक लिष्टमा नाम दर्ता होलाभन्ने सम्झन लागेर उनीहरूले पनि खतरा महसुुस गर्न लागे । अतः समस्त वैदिक सनातन हिन्दू संस्था र ॐ लाई मूलमन्त्र मान्ने करोडौं हिन्दुहरूले विरोध तथा सत्याग्रह र आमरण अनसनलाई सिरोधार्य गर्दा पनि केही सुनवाई भएको महसूस कसैले पनि गर्न सकेनन् । गोवधलाई छुट दिन पर्छ भन्ने दल पनि यहाँ छन् जसले सनातन हिन्दूधर्मको मान्यताप्रति होस् नपु¥याएको बुझिन्छ ।

खास कुरा त यो होकि धर्मनिरपेक्ष, सरकारले नेपालीहरूमा उँच–नीच, भेद–भाव समाप्त गर्ने निáय गरि सकेको छ । तर यो कसरी हटाउन सकिन्छ ? धेरै जनता यस्ता छन् जो वैदिक सनातन धर्मलाई नै विश्वास गर्दछन्, केही यस्ता छन् जे गरे पनि हामीले वाध्य भएर कानून मान्नु पर्दछ । विषम समस्या यस्तो छकि यी दुवैलाई समान स्तरमा कसरी ल्याउँने । त्यतिखेरका सिङ्कै मुलुकको कर्णधार संझने सातदलले करोडौं वैदिक सनातनी धर्मावलम्बीहरूलाई तल खसाल्न प्रयत्न गरिरहेका कारण मुलुकमा धार्मिक सहिष्णुताको भाव धर्मराएको छ ।

सरकारले धर्म निरपेक्ष गराउने बिल जब संसदमा ल्यायो त्यस वखत पनि धार्मिक संस्थाले विरोध नगरेका होइनन् । तर हालसम्म पनि त्यसको समर्थन भएको छैन । जवर्जस्तिका साथ धर्मनिरपेक्ष राज्य भनी घोषणा गरेका छन् । जब संविधानको मस्यौदालाई देशभरका जनता समक्ष उनीहरूको राय बुझ्न भनी पठाउँदा अधिकांस जनताले सनातन हिन्दूराष्ट्र हुन पर्दछ भनी राय दिएकोमा त्यसलाई वास्ता गरिएन । यसको मतलव यो राय लिनु भनेको ता नाटक पो रहेछ भनी धेरै जनताको भनाई सुन्नमा आयो । यस विषय निर्वाचनद्वारा नै हुनुपर्दछ भन्ने पनि ९५ प्रतिशत जनताको अभिमत देखिन्छ ।

धर्मप्राण नेपाल

आज चाहे जे होस् तर, सनातन वैदिक हिन्दू राष्ट्र सदियौंदेखि धर्ममूलक राज्य रहेको छ । आज समयको प्रभावले या पाáात्य सभ्यताको नराम्रो संसर्गले मानिस चाहे धर्मलाई व्यक्तिगत या सिर्पm मन्दिर, मस्जिद, गीर्जाघरको स×चित क्षेत्रको वस्तु संझिउन् तर हाम्रो राष्ट्रमा अति प्राचीन वैदिक कालदेखि यो जीवनका सबै क्षेत्रमा यसरी व्यापक रहेको छ–जस्तो शरीर र रगत । जुन प्रकार रक्तहीन शरीरको कल्पना पनि गर्न सकिन्न, त्यस्तै नै धर्म निरपेक्ष राष्ट्रको पनि ।

प्राचीन कालमा जीवनको सबै क्षेत्र चाहे यी सामाजिक होस् या राजनैतिक, वैयक्तिक होस् या सामूहिक, अक्षुण्ण धर्म–भावनाबाट ओत–प्रोत भएका छन् । सामान्य नागरिकदेखि लिएर राष्ट्रप्रमुखसम्मले सबै कार्य धर्मको नियन्त्रणमा थियो र उनीहरू जे गर्दथिए, त्यसको गणना पुण्य र पापमा गणना गरिन्थ्यो । यथार्थता यो होकि नेपालको प्राचीन इतिहास र पुराणले हामीलाई एउटै क्षेत्र बनाएको थियो त्यो हो धार्मिक क्षेत्र । राजनीति, समाजवाद, व्यापार–व्यवसाय, युद्धविद्या, संगीत, नृत्य, चित्रकला, शिक्षा, सदाचार–परम्परा आदि सम्पूर्ण विद्याहरू जो मानवोचित गुण विकासका आधार थिए । साथै यी मानवीय गुण–विकासको उपजीव्यतालाई पुष्टि गर्नाको उद्देश्यले नै विकसित भएका बुझिन्थे ।

एउटा उधाहरणका लगि सामान्य कुरा लिउँ–राष्ट्रको राम्रो नागरिक बन्नको लागि जुन–जुन गुणको आवश्यता हुन्छ, वेदादि शास्त्रमा ती सबैलाई धर्म नै अनिवार्य अङ्क हो भनी बताइएको छ । सत्यभाषण, परोपकारिता (समय–समयमा अरूलाई सहायता गर्नु), मतृभूमिको निमित्त प्रेम गर्नु, सद्व्यवहार, सदाचार–पालन आदि सबै । जसको लागि आज कानूनी व्यवस्था गर्नु अत्यावश्यक संझिदै छ । ती कुनै समय धर्मका प्रमुख अङ्क थिए र मानिस यसको पालना यसकारण गर्दथिए कि यस्तो गरी धर्मार्जनद्वारा पुण्यभागी बनिरहेका छन् । जसले आज वैदिक परम्पराको विरोध गरिरहेका छन् तिनीहरूले पनि उपर्युक्त गुणलाई अवलम्बन गरेका छन् भने उनीहरू कसरी अवैधिक भए ? यो ता त्यस्तै भएन र ? जुन रुखको हागामा बसे र त्यसैको फल खाँदै फेदलाई काटनृु जस्तै विरोधाभास भइरहेको छ ।

धर्मनिरपेक्षताको दुष्प्रभाव

धर्मनिरपेक्षताको घोषणा जुन कार्यकर्ताले जसरी गरे यसले धर्ममा आधारित जनताको नैतिक स्तरलाई त गिरायो नै तर, शासनतन्त्रको लागि पनि टाउको दुःखाइ उत्पन्न गरिदियो । जनतामा धर्म निरपेक्षता ल्याउनाले धर्म–अधर्म, पाप–पुण्य आदि प्रति व्यर्थ किंकर्तव्यविमूढ तुल्याउने, विकल बुद्धि उत्पन्न गराउने काम गरिरहेछ । जसले चोरी, व्यभिचार, हत्या, काटमार, दङ्काफसाद आदि अपराधमा आशातीत वृद्धि भइरहेको बुझिन्छ ।

पहिले–पहिलेको तुलनामा हेर्दा यो स्पष्ट परिणाम निक्लन्छ कि सैक्युलरिजम्, कम्युनिजम्, सोशलिजम् आदि इजमको चक्करमा परेर हामीले केही पाउने छैनौ, बरू धेरै चीज गुमाउने छौं । पहिले कुनै नराम्रो कार्य प्रति उन्मुख हुनु पर्ने स्थिति आएमा मानिस्को ह्दयमा यो भावना पैदा हुन्थ्यो कि ‘हरे’ यो त पाप हो, तर आज यो प्रायáित्तको मानसिकता सर्वत्र लोप हुँदै गएको छ । यही अहं भावले आज धर्म–अधर्म भनेको सबैमा त्यसै बिलाउँदै गयो, अब मानिसलाई खराब कार्यबाट बचाउने को ? यस किसिमको दुष्प्रवृत्तिलाई रोक्ने बल सनातन वैदिक हिन्दूधर्ममा थियो जसलाई आज हामी निरपेक्षबनाइ रहेका छौ ।

देश विदेशहरूमा धार्मिक प्रशिक्षण गर्ने, धर्मरक्षा वारेमा शिक्षादिने व्यवस्था छ । हाम्रो देशमा राज्य सञ्चालकको तर्पmबाट त्यस्तो व्यवस्था नभएकै कारणले आज धर्मको सुरक्षा गर्नुपर्छ भन्नेहरूको कुरा सुन्न छोडिएको छ । यसको उल्टै ९५ प्रतिशत भन्दा बढी सनातनी हिन्दू समाज भएको देशमा वाहिरी प्रभावको बलमा हुनसक्छ धर्मनिरपेक्ष राज्य घोषणा गर्न कटिबद्ध भएका छन् । यसैको परिणाम हो अहिले देशका ठाउँ ठाउँका जनताहरूले सुरक्षा कर्मी र सुरक्षा निकाय चौकिलाई नै हटाउने आगजनी गर्ने उर्दी गरिरहेका छन् ।

यो विन्दुमा उभिएर सोचौ राष्ट्र अहिले कस्तो परिस्थितिमा पुगेछ त यो सबै धर्म निरपेक्षताकै परिणाम हो भन्दा अत्युक्ति नहोला । बहुसंख्यक जनता हिन्दू भएपछि राज्य कसरी धर्मनिरपेक्ष हुन्छ । त्यसमा पनि तीन पार्टिले भन्ने भ्रम पैmलाईएको छ तर केवल यहाँ तीन चार जना व्यक्तिको मात्र हठ देखिरहेको छ । अब यसलाई देवादि देव महादेव श्री पशुपतिनाथ भोेलेबाबाले सबैलाई सद्बुद्धि दिई यसको निरोपण हुने नै छ । अस्तु परिपूर्णम् ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.