नर (मानिस) बन्न के चाहिन्छ ?

नर (मानिस) बन्न के चाहिन्छ ?
Madhusudan Subedi

मधुसूदन सुवेदी

नर (मानिस) बन्न के चाहिन्छ ?

नित्यानुष्ठाननिरतः सर्वसंस्कारसंस्कृतः ।

वर्णाश्रम–सदाचार –संपन्नो नर उच्यते ।।

शास्त्रको भनाइअनुसार नित्यकर्म गर्ने, सबै संस्कारमा लाग्ने र वर्ण–आश्रम, एवं सदाचारबाट सम्पन्न व्यक्ति नै नर (मानिस) भन्न योग्य मानिएको छ । सरकारले जनगणनाको पुस्तकमा नामाङ्गन गरिएका पौने तीनकरोड नर (मनुष्य) आदमी आज नेपालमा विद्यमान छन् । तर कालो मसीले लेखिदैमा, वा कम्प्यूटर गरेर रजिष्टर पूरा भरिदैमा नै कुनै व्यक्ति “नर ” (मानिस) प्रमाणित हुनसक्दैन ।

वेदादि शास्त्रमा नर (मानिस) को एक विशेष परिभाषा निश्चित गरिएको छ, जसअनुसार खास आचार, विचार, व्यवहार, रहन–सहन राख्ने व्यक्ति नै नर (मानिस) भन्ने उपाधिको वास्तविक अधिकारी हुन सक्दछ ।

यो कुरा सबैले बुझेकै हुनुपर्दछ–संस्कृत देब भाषा हो प्रत्येक शब्द यौगिक हुनाका कारण आफ्नो मूल धातुको अर्थ अनुरूप कुनै विशिष्ट अर्थको द्योतक हुन्छ । यस किसिमबाट संस्कृतको प्रत्येक शब्दका साथ आर्य वाङ्मयको अनेक तत्व निरतां सुसम्बद्ध रहन्छ । जस्तो–मनुष्य, मानुस, मत्र्य, मनुज, मानव र नर आदि मानिस शब्दको सबै पर्यायमा जहाँ मानवताको एक खास सङ्गेत पाइन्छ तहाँ उसको इतिकर्तव्यताको पनि स्पष्ट आभास देखिन्छ । उदाहरणका लागि हेरौं–

पहिले “नर” शब्दको कुरा नै लिऊँ । यो “नृ नये” धातुबाट बनेको हो, जसको शाब्दिक अर्थ हो नयऽनीति सम्पन्न व्यक्ति अथवा आफ्नो शरीर, इन्द्रिय, मन र बुद्धि आदिमा नेतृत्वको क्षमता राख्ने भएको नेता । अब यहाँ यो प्रश्न उत्पन्न हुन्छ– त्यो नीति के हो जुन कुरा सम्पन्न हुनाले नै कुनै व्यक्ति “नर ” (मानिस) वन्न सक्दछ ।

शरीर इन्द्रिय आदि के हो– त्यसमाथि शासन गर्ने कुन–कुन उपाय छ ? यी सबै प्रश्नको साङ्कोपाङ्क रहस्य जान्नका लागि वेददेखि लिएर रामायण महाभारत तथा पुराणहरू सबै आर्य साहित्यलाई केलाउनु पर्दछ । यस तरह संस्कृत भाषाको कुनै पनि एक शब्दको अनुसन्धान गर्नाले सबै शास्त्र त्यसैको उदाहरण हो भनी जान्नु पर्दछ ।

यसै प्रकार “मनुष्य” (मानिस) शब्द पनि “मनुज्ञाने” र “सिवु तन्तु  सन्ताने” यी दुई धातुबाट उत्पन्न मानिएको छ । निरुक्तकार यास्काचार्य यसलाई निर्वचन गर्दै लेख्द छन् –

मत्वा कर्माणि सीव्यन्ति इति मनुष्यः ।। (निरुक्त ३।२)

अर्थात् जो व्यक्ति (मत्वा) मननऽविवेकपूर्ण (कर्माणि) सम्पूर्ण क्रिया कलापलाई (सीव्यन्ति) सिउँदछन्ऽकाटिएका फाटिएका एक अर्कासँग विछोड भएका मानव समाजलाई विधिवत् सुसंगठित वनाउँदछन् तिनलाई मनुष्य (मानिस) भनिन्छ । तर हाम्रो समाजमा ठिक माथि उल्लेख भएका मानव समाजलाई ठीक उल्टो विधिले काटिएका फाटिएका एक अर्कासँग विछोड भएका मानव समाजलाई सुसङ्कठित बनाउनुको सट्टा झन विगार्दै असङ्कठित बनाउन तत्पर रहेको देखिन्छ ।

तसर्थ हाम्रो समाजलाई वेद, रामायण, महाभारत तथा पुराण आदिको ज्ञान दिलाउन सकिएन भने हाम्रो देशका जनता अविवेकपूर्ण व्यवहारमा नलाग्लान् भन्नमा कुनै सङ्गा छैन । तसर्थ संस्कृतको पठन–पाठनमा सरकारले ध्यान दिनु नितान्त आवश्यक देखि सकिएको छ । किनभने जुन व्यक्ति सम्पूर्ण हलचल ज्ञानमा आधारित रहन्छ, जो पहिले सम्झन्छ र पछि गर्दछ, पहिले गर्न हुने या नहुने भनी तौल्दछ त्यसपछि मात्र बोल्दछ फेरि सोच्दछ र अनि मात्र कार्य गर्न कदम उठाउँदछ भने त्यो नै बुद्धिजीवी जन्तु मनुष्य (मानिस) पदविको अधिकारी हुन्छ ।

मानिस हुनका निमित्त

हामीले यो बुझ्नु पर्दछ– यस संसारमा जुन नर (मानिस) सँग दैवी सम्पत्ति छ त्या जीवनमा नीतिधर्मको आवश्यकता नितान्त छ– “आचार परमोधर्मो नृणां कल्याणकारकः । इहलोकेसुखी भूतत्वा परत्र लभते सुखम् ।।” विश्वमा एकमात्र सनातन वैदिक धार्मिक राष्ट्र नेपाल हिमाल, गुफा, कन्दरा, वन, जङ्कल, मठ–मन्दिर र पवित्र नदिहरूले ओतप्रोत भएको हुँदा देवता, ऋषि मुनिहरू विश्वामित्र, व्यास, वाल्मीकि, याज्ञवल्क्य, जनक आदि देवर्षि,ब्रम्हषी, राजर्षि र रावण आदि राक्षसहरू समेतले यस तपोभूमिमा तपस्या गरी वरदान समेत प्राप्त गरेका कुरा र वराहपुराण, स्कन्दपुराण आदिले निर्दिष्ट गरेको स्थान नेपाललाई पुण्य भूमि, तपोभूमि र मोक्षभूमिको संज्ञा दिइएबाट स्पष्ट हुन्छ ।

हाम्रो धर्मशास्त्र, ऋषिहरू र मनीषिहरूले सदाचारयुक्त जुन विधिविधान बनाएका थिए जसले गर्दा हामी सनातनी धार्मिकहरूको लागि मानिस बन्न ठूलो हितकर उपज देखिन आएको छ । तसर्थ हाम्रा पुर्खाहरूले बाटो देखाएका, बताएका नीति धर्मको हेलाँ कहिले पनि गर्नु हुँदैन । यसैमा नर (मानिस) बन्ने जीवनको सफलता निश्चित छ । दृढ सङ्गल्पको साथ नीतिमा बताइएका मुख्य कुराहरूलाई अनुसरण गर्नु पर्दछ यो नै हामी नर (मानिस) को परम कर्तव्य हो ।

धर्मो विश्वस्य जगतः प्रतिष्ठा भनेर ऋग्वेदले धर्मको काम नै जगतको प्रतिष्ठा बढाउनु हो भनी स्पष्ट रूपमा उल्लेख गरेको छ । धर्मको उल्लङ्खन गर्ने मानिसले राष्ट्रमा सुख शान्तिको आशा गर्नु भनेको खरायोको सिङ खोजेर हिड्नु जस्तै हो । मर्यादामा रहेको मानिस नै संसारमा नर (मानिस) बनेर अडेको छ । मर्यादामा नरहने मानिसले आर्काको गालि–गलौज खपी अमानुस बनि चिन्तै–चिन्तामा रहेको देखिरहेका छौ ।

नीति, धर्म र भगवान्को सम्बन्ध अटूट छ । धर्म रहित कुनै पनि कार्य अनीति बन्न पुदछ, यस्तै अनीतिको कारणले गर्दा संसारमा सत्य, त्रेता, द्वापर र कलियुगमा भगवान्लाई अवतरित हुन बाध्य हुनुपरेको हो साथै थियो पनि । किनकि नीतिविरुद्ध रहेका मानिसलाई सन्मार्गको शिक्षा दिन र भक्त मानिसको कल्याण हेतु नीतिस्वरूप भएर भगवान् अवतरित हुनु भएको हो । यस संसारमा पाप–पुण्य, सदाचार–अत्याचार, नीति–अनीति, विधि–निषेध, न्याय–अन्याय, शुभ–अशुभ आदि सबै क्रियाकलापको कर्मफल नीति विधानअनुासार नर (मानिस) ले अवश्य भोग्नु पर्दछ ।

 नै सबभन्द धनी मानिस हो, यसैलाई सन्तोष लिनु नै सात्विक शक्ति हो । संसारमा रहेर निष्काम, निष्पाप कर्म गर्दै रहनुपर्दछ, जसबाट धन, धर्म,  सुख, सन्तान जे मिल्नुपर्ने हो सो अबश्य नै मिल्नेछ । यस जुनिमा मानिस शुभ–अशुभ कर्ममा बाँधिएको हुन्छ, जुन कर्ममा बाधिएको हुन्छ त्यसले जीवनरूपी डोरीको गाँठो यसै नर (मनुष्य) जुनीमा खोल्न सक्दछ । साथै मुक्त पनि हुन सक्दछ र मोक्ष पनि अवस्य पाउन सक्दछ । त्यसकारण सन्मार्गमा लाग्नु धर्मनीतिको बाटोको अनुसरण गर्नु र सधैभरि भगवान्को सम्झना गर्दै रहने कुराहरूको मर्यादामा सधै ध्यान दिनु मानिसको परम कर्तव्य हुन आउँदछ ।

जुन–जुन कार्य गर्न लागिएको हो सो को औचित्य या अनौचित्यको सीमालाई निर्धारण गर्ने भएको व्यक्ति मानविन्दुको नै अर्को नाम “मर्यादा” हो । मर्यादाको पालन गर्ने मानिसले नै त्यस्तो आचरणको प्रतापले आफ्नो जन्मजात पाशविक दुर्गुणबाट उन्मुक्त भएर जानुको कारण नै “नर” (मानिस) बन्न सक्दछ । अन्यथा ऊ मानिस नभई “पिपाशु” हुन सक्दछ ।

मर्यादा पालन गर्न जोड दिनु भनेको के हो त? आहार, निन्द्रा, भय, मैथुन आदि काम सबै जीवमा समान रहन्छ तापनि जुन विशेषता मानिसको लागि फरक मानिएको छ यो नै तत्तत्कार्य कलापको विधिवत सम्पादन गर्नु नै मर्यादा हो, जसलाई शब्दान्तरमा ज्ञान या धर्म पनि भनिन्छ ।

भगवान् धर्मरक्षक र धर्मसंस्थापक हुनुहुन्छ, यसकारण उहाँ अधर्म गर्नेका लागि दण्डधरी बनेर आउनु भएको छ । उहाँ अविनाशी परब्रé हुनुहुन्छ । सबै प्राणिको îृदयमा रहेर भित्र स्थिर हुनुभएको छ र सबैको कल्याणको निमित्त निरन्तर लागिरहनुभएको छ, तर जो आतङ्गकारीहरू छन् तिनीहरू अनीतिमा लाग्नाका कारण कुनै जनता पनि उनका कुकृत्य देखेर मायाँ गर्ने देखिन्न । यसतालाई भौतिक सुख प्राप्त हुन्न, शक्तिनाश हुन्छ ।

हिंसा अत्याचारको बाटो लाग्दछ, साथसाथै अधोगतिको बाटो नै यस्ताको लागिरहन्छ, यी सबै अनीतिका लक्षण हुन् । यस्ता व्यक्ति अविवेकी हुन्छन् । भगवान्देखि टाढा रहन्छन्, खराब नियत लिएर काम गर्दछन्, आसुरी प्रकृतिलाई धारण गर्नाको कारण मूर्ख बन्न पुग्दछन् र भगवान्लाई कहिले सम्झदैनन् । यसरी मर्यादामा नरहने मानिसलाई भगवान्ले कहिले पनि माया गदैनन् । तसर्थ मर्यादा त्यस रहन सहनको रीतिलाई भनिन्छ जस्तो “मर्यंऽमरणधर्मां“ प्राणी मृत्युदेखि भयभीत भएर आफ्नो परित्राणको लागि “आदान” स्वीकार गर्दछ भने त्यसैलाई नै मर्यादा मान्न सकिन्छ ।

ब्रम्हसत्यं जगन्मिथ्या जीवो ब्रम्ह्वै नापरः । सर्वं खल्विदं ब्रम्ह शास्त्रमा उल्लेख भएका कुराबाट हामी यो देख्दछौं कि समस्त सृष्टिको कार्यकलाप चल्नका निमित्त नियमको आवश्यकता पर्दछ । कुनै अपवादजन्य कुरालाई छाडेर धेरैजसो यस ब्रम्हाण्डमा नियमअनुरूप चल्दै आएको छ । हामीले अनुभव गर्दै आएका छौं कि दिन र रात ठीक–ठीक समयमा सबै ऋतु रहनु, जीवको उत्पत्ति र उसको मृत्यु इत्यादि यसको उदाहरण हो । अपवादका रूपमा भूकम्प, तुफान, पहिरो जानु, बाडीआउनु र अरू प्राकृतिक प्रकोपहरू देखापर्दछन् ।

अर्को महत्वपूर्ण तथ्य यो हो कि सृष्टिको सबै ग्रहनक्षत्र गोलो आकारका छन् र उनीहरूको कार्यप्रणाली पनि गोलाईमा नै हुन्छ । जस्तै चक्र घुम्दछ, त्यस्तै पानीबाट बाफ वन्दछ र बादल बनेर वर्षा हुन्छ र त्यो बादल फेरी पानीमै परिणत हुन्छ किनकि कुनै पनि वस्तु बदलिएर जे हुन्छ त्यो सँधै एकनाशको भइरहदैन र नष्ट पनि हुँदैन । त्यो वस्तु केवल पूर्णतया रूपान्तर हुनसक्दछ, यस्तो वस्तुलाई क्षर (अनित्य) भनिन्छ । यही सिद्धान्तअनुसार मूल पदार्थको रूपान्तर हुँदै–हुँदै एउटा यस्तो स्थिति आउँदछ कि फेरी त्यो मूलस्वरूप नै बन्न पुग्दछ । यसैलाई नै चक्र भनिन्छ । सजीव प्राणीको जीवनमरण पनि यस्तै चक्रकै अनुसार हुने गर्दछ । देशको धार्मिक, सांस्कृतिक चक्र पनि यही सिद्धान्त अनुसार चल्दै जान्छ गइरहेको पनि छ । यस किसिमको मर्यादा बुझेर देशले राम्रो सिद्धान्त अपनाउनु पर्दछ । यदि यस्तो मर्यादा पालन नगरे पशु र नर (मानिस) मा के फरक भयो ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.