नर (मानिस) बन्न धार्मिक एकता र सत्सङ्कको आवश्यकता

नर (मानिस) बन्न धार्मिक एकता र सत्सङ्कको आवश्यकता
Madhusudan Subedi

मधुसूदन सुवेदी

धार्मिक एकताको वारेमा भन्नु भन्दा पहिले धर्मको बारेमा जानकारी हुन जरुरी छ । धर्म भनेको के हो त, यो कहाँबाट उत्पन्न भयो । धर्म शब्द संस्कृत शब्द हो । संस्कृतको “धृञ” धातुबाट आएको हो ।

“ धारणात् धर्म मित्याहुः इति वेद विदो विदुः”

अर्थात् धारणा गर्न योग्य शास्त्र सम्मत शुभ कर्म  र परहितका कर्महरू भन्ने हुन्छ । गुण, वस्तु वा कार्य जुन धारणा गर्न योग्य हुन्छ , त्यो धर्म कहलाउँदछ । धर्मको अर्को अर्थ यस्तो पनि छः घृणा लोलुपता जस्ता अवगुणहरूले रहित र वेदमा पारङ्कत विद्वान् एवं गुणवान् व्यक्तिद्वारा मान्य नियम जुन हो त्यो धर्म हो ।

यतोद्रभ्युदय निः श्रेयस सिद्धिः सधर्मः ।

अर्थात् जसबाट यस लोकमा सबै विषयबाट आनन्द प्राप्ति र परलोकमा मोक्ष प्राप्त हुन्छ त्यो धर्म हो भनेका छन् । धार्मिक जनले गर्नु पर्ने आचरणहरू मनुले यसरी देखाएका छन् ।

धृतिः क्षमा दमोद्रस्तेयः शौचमिन्द्रिय निग्रहः ।

धीर्विद्या सत्यम क्रोधो दशकं धर्मलक्षणम् ।

अर्थात् धैर्य, शहनशीलता, मनोनिग्रह, चोरी नगर्नु, पवित्र हुनु, इन्द्रियहरूलाई वशमा राख्नु, लज्जायुक्त हुनु, विद्याध्ययन गर्नु, सत्यमा रहनु, क्रोध नगर्नु, यी दश धर्मका लक्षण हुन् । पूर्वाचार्यहरूले धर्मो रक्षति रक्षितः अर्थात् धर्मलाई हामीले रक्षा गर्यौ, पालना गर्यौ  भने धर्मले पनि हामीलाई रक्षा गर्दछ भनेका छन् । आचारः परमो धर्मः अर्थात् सदाचार नै ठूलो धर्म हो ।

अद्रोहः सर्व भूतेषु कर्मणा मनसागिरा ।

अनुग्रहश्च दानञ्च सतां धर्मः सनातनः ।

अर्थात् मन, वचन, कर्म द्वारा सबै प्राणीलाई द्रोह नगर्नु सवैमाथि अनुग्रह राख्नु दान गर्नु यी सज्जनहरूले गर्ने सनातन धर्म हुन् । त्यसमा पनि प्रेयोमार्ग र श्रेयोमार्ग दुई बाटा छन्, एउटा मनपर्ने बाटो र अर्को कल्याणकारी बाटो हुन् । धन, पद, मान, इज्जत, कीर्ति, कमाई आदि द्वारा यस जुनिमा आनन्द सुखका साथ बस्न चाहनुलाई प्रेयोमार्ग भनिन्छ । दया, परोपकार, सद्भावना, सद्विचार, सन्मार्ग, त्याग, तपस्या, पञ्चमहायज्ञ आदि पहिले गर्न कठिन अन्त्यमा परमहित कारक बाटो नै श्रेयोमार्ग हो ।

धेरैले अघिल्लै बाटोलाई अवलम्बन गर्ने हुंनाले नै चौराशीको चक्करमा परि रहन्छन् । परमेश्वरको अनुग्रहबाट पाएको सकल शक्तिसम्पन्न मनुष्य योनिलाई सदुपयोग गर्दैनन् भने त्यस्तालाई शास्त्रले आत्महत्या गर्ने भनी निन्दा गरेको छ । श्रेयो मार्गमा लाग्नका लागि विभिन्न प्रकारका उपायहरू हाम्रा प्राचीन परमादरणीय पूर्वाचार्यहरूले निम्न प्रकारले आ–आफ्ना दर्शन (मत)हरू उल्लेख गरेका छन् ।

१) गौतम ऋषिले— न्याय दर्शन ( उचित तथ्य, निया, निसाप, मुद्दामामिलामा अधिकारी वा न्यायाधीशले गरेको निर्णय, पैmसला, इन्साब, कुनै विषयमा तर्कपूर्ण विवेचना गर्ने षड्दर्शनमध्येको एक दर्शनशास्त्र, तर्कशास्त्र, नीति, अनुकूल कुरो, ठहर, नियमकानून अनुसारको विचार । कानून न्याय ) बारेमा लेखिएको छ ।

२) कणादले— वैशेषिक दर्शन ( महामुनि कणाद महर्षिद्वारा प्रतिपादित प्रसिद्ध षड्दर्शनमध्येको परमार्थ देखि परमाणु सम्मका विशिष्ट पदार्थहरू नै संसारको उत्पत्तिको मूल कारण मान्ने सिद्धान्त वा दर्शन शास्त्र ) ।

३) कपिलदेवले— सात्र्य दर्शन (संख्या वारेको, परिगणनासम्बन्धि प्रवर्तन गरेको जड, प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने एक दर्शन, षड्दर्शन मध्येको एक दर्शन ) । प्रकृति पुरुषलाई मानेर २५ तत्वको विवेचना गरिएको  छ— १. प्रकृति, २. महत्व, ३. अहङ्गार, ४. पञ्चतन्मात्रा ( रूपतन्मात्रा, रस तन्मात्रा, गन्ध तन्मात्रा, पर्श तन्मात्रा, शब्द तन्मात्रा ), ५. पञ्च महाभूत ( पृथ्वी, अप, तेज, वायु, आकाश ), ६. पञ्च ज्ञानेन्द्रीय ( नाक, मुख, कान, आँखा, त्वचा ), ७. पञ्च कर्मेन्द्रीय ( वाक, पाणी, पाद, वायु, उपस्थ (जननेन्द्रीय), ८. अन्तरिन्द्रेय मन, ९. पुरुष ।

४) पतञ्जलिले— योग दर्शन ( मनचित्त एकाग्र पार्ने र ईश्वरमा संलग्न रहने विधानको विवेचना  रहेको योग शास्त्र बारे लेखिएको छ ।

५) जैमिनिले— पूर्व मीमांसा दर्शन (कर्मकाण्डहरूको गहिरो विवेचना भएको एक मीमांसा दर्शन, षड्दर्शन मध्येको एक दर्शन । कर्मकाण्ड वारे याने यज्ञयागादि आदि सबै कर्मकाण्ड बारेमा लेखिएको छ ।

६) आद्य गुरु श्री शङ्गराचार्यले — वेदो पनिषद्का सार वेदान्त दर्शनको प्रचार प्रसार ( वेदका लौकिक र पारलौकिक सिद्धान्तको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त, आत्मा–परमात्मा र जगतको वारे वैदिक मान्यताको प्रतिपादक उपनिषत् र आरण्यक आदि वेदको अन्तिम भाग, ब्रहमा विद्या, अद्वैत सिद्धान्त वा अद्वैत ब्रहमाको प्रतिपादन भएको षड्दर्शन मध्येको एक दर्शन, अद्वैतवाद । दोश्रो केहीपनि छैन—सर्वं खलु इदं ब्रहमा नेह नानास्ति किञ्चन केवल ब्रहमा मात्र एक छन् अरू केही छैन भन्ने वारे लेखिएकको छ ।

७) श्रीरामाद्रनुजाचार्यले— विशिष्टाद्रद्वैत दर्शन (प्रकृति र पुरुषलाई अलग अलग मानेर पनि दुवै ब्रहमा तत्वरूप एउटै हो भन्ने सिद्धान्त बारे लेखिएको छ । यसले इश्वर र शक्ति दुवैलाई मान्दछ )।

८) श्री मध्वाचार्यले— द्वैत दर्शन ( दुईको भाव, जोडीपना, जोडी, युगल, आफ्नो र अरूको फरक हो भन्ने भाव, भेदभाव, पक्षपात आदि वारेमा लेखिएको छ । लक्ष्मी र नारायणलाई अलग अलग मानेको छ ) ।

९) श्री निम्बार्काचार्यले— द्वैताद्रद्वैत दर्शन ( दुवैथरी ईश्वर र शक्ति मानेर फेरी अद्वैत पक्षलाई पनि लिएका छन् )।

१०) श्री वल्लभाचार्यले— शुद्धाद्रद्वैत दर्शन ( शुद्ध एक ब्रहमालाइ मात्र मानेका छन् )।

११) श्री चैतन्य महाप्रभुले— अचिन्त्य भेदाद्रभेद दर्शन ( भेद र अभेद दर्शन यीनले ब्रहमाको वारेमा यसै हो भनी भेद र अभेदमा भन्न सकेका छैनन् )।

१२) श्री गुरु बृहस्पतिले— चार्वाक दर्शन ( चारुवाक) ( यावत् जीवेत् सुखं जीवेत् ऋणंकृत्वा घृतं पिवेत् । भश्मी भूतस्य देहस्य पुनरा गमनं कुतः ।। जेछ यही जीवनमा छ मरे पछि केही पनि छैन ) भन्ने तर्क वारे लेखिएको छ ।

१३)  तीर्थङ्गर श्री ऋषभाचार्यले— जैन दर्शन ( चौबीसौं तीर्थङ्गर महावीर वर्धमानले प्रवर्तन गरेको अहिंसात्मक धर्म, त्यसै धर्मका अनुयायी, जैनीको वारेमा लेखिएको दर्शन )।

१४) श्री बुद्धभगवान्ले— बौद्ध दर्शन ( बुद्धले प्रवर्तन गरेको धर्म वा सम्प्रदायका विविध पक्षको विवेचना गर्ने शास्त्र ) वारे लेखिएको छ ।

१५) युनान, सुकरात, ल्पेटो, अरस्तु आदिले — पाश्चात्य दर्शन ( पश्चिमेली विचारधारा ) जुन पूर्बीय सनातनीहरूले मान्ने धर्म भन्दा फरक विचार यस्मा छ ।

हाम्रा प्राच्य दर्शनहरूमध्ये बौद्ध धर्म र चार्वाकलाई छोडेर अरू सबै वेद प्रतिपादित दुवै मार्गका साधन छन् । पहिलो मार्ग काम्य कर्म प्रधान हो “ ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मत्र्य लोकं विशन्ति” अर्थात् गीताका अनुसार स्वर्गादि को भोग गरि पुण्य सकिएपछि मत्र्यलोकमा जन्मनु पर्दछ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.