भुटानले फिफा वरियतामा नेपाललाई उछिन्यो

भुटानले फिफा वरियतामा नेपाललाई उछिन्यो

कात्तिक ४। फिफाले सार्वजनिक गरेको यस महिनाको वरियतामा भुटानले फेरि नेपाललाई उछिनेको छ। भुटानले फिफा वरियतामा १० स्थान माथि उक्लिदै नेपाललाई आफूभन्दा तल पारेको हो। बिहीबार सार्वजनिक वरियतामा भुटानले १ सय ७९ स्थान ओगटेको छ । नेपाल भने गत महिनाकै स्थानमा छ।

नेपाल १ सय ८६ स्थानमा छ। २०६२–६३ तिर नेपाली फुटबलमा विवाद हुँदा भुटानले फिफा वरियतामा नेपाललाई उछिनेको थियो। दक्षिण एसियाली क्षेत्रमा भारतले पनि ठूलो फट््को मारेको छ। उसले ११ स्थानमाथि उक्लिदंै यो क्षेत्रको नम्बर १ टिम बन्न सफल भएको छ। भारतको अहिलेको वरियता १ सय ३७ हो।

उसले अफगानिस्तानलाई पछि पार्दै दक्षिण एसियाली क्षेत्रमा आफूलाई शीर्षस्थानमा राखेको छ। अफगानिस्तान पनि चार स्थानमाथि उक्लिएको छ। सार्वजनिक वरियतामा अफगानिस्तान १ सय ४० स्थानमा छ। तेस्रो स्थानमा माल्दिभ्स छ। ऊपनि सातौं स्थानमाथि उक्लिएको हो। माल्दिभ्स १ सय ५८ स्थानमा छ। पाँचौ स्थानमा नेपाल र छैटौं स्थानमा बंगलादेश छ।

बंगलादेश ३ स्थान तल झरेपछि वरियतामा नेपालभन्दा तल पर्न पुगेको हो। सातौं स्थानमा रहेको श्रीलंका पनि एक स्थान तल झरेको हो। श्रीलंको वरियता १ सय ९४ र पाकिस्तानको १ सय ९७ स्थान छ। पाकिस्तान पनि तीन स्थान तल झरेको हो। फिफा वरियतामा यो वर्ष पनि अर्जेन्टिना शीर्ष स्थानमा छ।

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.