नासामा पनि संस्कृत भाषाको मह्त्व

नासामा पनि संस्कृत भाषाको मह्त्व

नासाका वैज्ञानिकहरुले अचेल नियमित रुपमा विशेष कोचिङ क्लासका रुपमा संस्कृत भाषा अध्ययन गर्न  थालेका छन् । किनभने नासाले अन्तरिक्षमा पठाएका स्याटलाइटहरुसँग पृथ्वीबाट सम्पर्क स्थापित गर्न खोज्दा अन्य कुनै पनि भाषाको म्याचिङ भएन । शब्दको पनि वजन हुँदोरहेछ । यहाँबाट अंग्रेजीमा पठाएको संकेत  अन्तरिक्षमा जाँदा त्यो वीचमै हराउँदोरहेछ । डिस्प्लेस हुँदोरहेछ र त्यसो हुँदा त्यो शब्दले दिनुपर्ने अर्थ या संकेत नखुल्दोरहेछ ।

अंग्रेजी, जर्मनी, चाइनिज भाषामा सन्देश पठाए । तर, लाखौं माइल परको यात्रा गरेर जाँदा ती भाषाका शब्दहरु बायाँको दायाँ, दायाँको बायाँ हुँदारहेछन् । अन्तरिक्षको विराटतालाई चिर्नसक्ने सामथ्र्य ती शब्दहरुमा भएन । त्यसपछि वैज्ञानिकहरुले संस्कृतबाट सन्देश पठाउँदा भन्न खोजेको सन्देश पुग्यो । अर्थात सही सन्देश कन्भे भयो । किनकी संस्कृतमा कर्ता, कर्म र क्रियालाई अगाडि÷पछाडि जता राखे पनि हुन्छ । जस्तै, ‘अहम् पठामी संस्कृतम्’ भने पनि भयो, ‘पठामी अहम् संस्कृतम्’ भने पनि भयो अनि ‘संस्कृत् अहम् पठामी’ भने पनि भयो । त्यही भएर संस्कृत भाषालाई नासाले आफ्ना यन्त्रहरुमा सन्देश पठाउनका लागि अपनाउन थालेको छ ।

नासामा अहिले भारद्वाज ऋषिले लेखेको विमानशास्त्रका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ । आखिर ‘पुष्पक विमान’ के हो त ? भन्ने अध्ययन भइरहेको छ । अन्तरिक्षको खोजको बारेमा हामी धेरै अगाडि गइसकेका थियौं । हामी अहिले पनि आफ्नो नियमित वैदिक मन्त्रमा ‘अन्तरिक्ष शान्ति’ भन्छौं ।

अमेरिकाको एपोलो मिसन र रुसले स्पूतनिक मिसन अन्तरिक्षमा पठाउनुभन्दा धेरै वर्ष पहिले नै हाम्रा ऋषिमुनीहरुले अन्तरिक्षमा पनि अशान्ति हुन्छ भनेर कसरी थाहा पाए त ? अन्तरिक्षबाट हुनसक्ने खतराबाट पृथ्वीलाई बचाउनकै लागि अन्तरिक्ष शान्ति भनिएको हो । अन्तरिक्ष चेत पहिले नै हामीमा थियो । यो ब्रम्हाण्डमा हजारौं सूर्य छन् भनेर भारद्वाज ऋषिले खोजिसकेका थिए, उनको त्यो खोजलाई नासाका वैज्ञानिकहरुले अहिले आएर विशेष अनुसन्धान  गर्दैछन् ।

कम्प्युटर विज्ञानमा पनि संस्कृत भाषाको प्रयोग गर्दा सहज हुने कुरा पत्तो लागेको छ । सिंगल डट गर्ने कि डबल डट गर्ने ? कम्युटर त बडा सेन्सेटिभ हुन्छ, एउटा डटमै फरक पर्छ । पासवर्ड हान्दा सिंगल स्पेश हो कि डबल स्पेश हो, त्यसमै चिप्लीन सकिन्छ । अन्डरस्कोर हो कि ड्यास हो ? त्यसमै फरक पर्छ । भनेपछि कम्प्युटरले एक्यूरेट खोज्छ । त्यस्तो एक्यूरेट भाषा संस्कृतमा सहज हुन्छ ।

 साभार: एजेन्सीको सहयोगमा ओमकार दर्पण 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.