अनुहारको पिम्पलबाट मुक्ति पाउन उपायहरु

अनुहारको पिम्पलबाट मुक्ति पाउन उपायहरु

छाला मानव शरीरको एक संवेदनशील अंग हो। संवेदनशील छाला कुनै पनि प्रकारको बिरामीको लक्षण होइन, बरू यो कतिपय बिरामीको कारण बन्न सक्छ । पिम्पल प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । तर, कहिलेकाहिँ अन्य उमेरका मानिसलाई पनि पिम्पल आउने गर्छ । कतिपय अवस्थामा शरिरको स्याहार गर्दा गर्दै पनि पिम्पल देखिन्छ ।

पिम्पलबाट जोगिने केही उपाय

दिनमा दुई तीन पटक राम्रोसँग अनुहार धुनुपर्छ । अनुहार धुँदा छाला सफा हुनुका साथै कोषमा ऊर्जा दिन्छ । नियमित छाला सफा गर्दा अनुहारमा भएका धुलोका कण हटाइदिन्छ । तर, अनुहार धुने नाउमा बारम्बार धुनु पनि हुँदैन । किनकी यसले अनुहार फुस्रो हुन सक्छ ।

नियमित फेसवास लगाएर मुख धुने । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास लगाउदा पिम्पलका समस्या हट्छ । जतिखेर पनि शरिरलाई हाइड्रेड राख्ने । नियमित पाउनी पिउँदा छालाको तन्तुहरु सफा हुन्छ । कहिल्यै पनि पिम्पलाई हातले छुनु  हँुदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्छ । पिम्पललाई कहिल्यै पनि ननिर्चोने । निचोर्दा गालामा दाग बस्छ ।

यदि नियमित रुपमा सेभिङ गर्नुहुन्छ भने राम्रो रेजर प्रयोग गर्ने । सेभिङ क्रिम लगाउनुअगाडि राम्रोसँग तातो पानीले अनुहार पखाल्ने । सकभर बढी चिल्लो, पिरो र अमिलो नखाने ।

अन्य उपाय

कागतीलाई काटेर आधा बनाउनुहोस् । कागतीलाई हल्का पिम्पल वरपर दल्नुहोस् । कागतीमा साइट्रिक एसिड हुन्छ जसले व्याक्टेरियालाई मारिदिन्छ । तर, निकै चहरायो भने धेरै नदल्नुहोस् ।

१. कच्चा आलुः

आलुलाई स्लाईस पार्नुहोस् र पिम्पलहरुमा बिस्तारै दल्नुहोस् । आलुमा हुने जलनबिरोधी तत्वले अनुहारको घाउलाई आनन्द प्रदान गर्छ । आलुको टुक्रा झन्डै ५ देखि १० मिनेट राख्नुहोस् ।

२. चियाको तेलः

चियाको तेलमा पनि व्याक्टेरिया बिरोधी तत्व हुन्छ । यसले पिम्पललाई शान्त बनाउनुछ । यसको कुनै साईड इफेक्ट पनि हँुदैन ।

३. एस्पिरिनः

 एस्पिरिनका दुई ओटा ट्याबलेटलाई पिसेर पानीमा मिसाउनुहोस  अनुहरमा बिस्तारै दल्नुहोस् । एस्पिरिनमा हुने सालिसाइक्लिक एसिडले गालाको व्याक्टेरियालाई मार्छ । यसले छालालाई पनि सुख्खा पार्छ ।

४. स्याउको भिनेगरः

स्याउको भेनेगरले पनि छालाका मृत कोषलाई नष्ट गरि छाला सफा बनाउँछ । भिनेगर लगाएर १० मिनेटपछि चिसो पानीले धुनुहोस् ।

५. टुथपेस्टः

अनुहारमा टुथपेष्ट ? अचम्म लाग्छ होल । टुथपेस्टमा सिलिका हुन्छ । पिम्पलमा हल्का टुथपेस्ट दल्नुहोस् ।

साभार : स्वास्थ्य खबरपत्रिका

 

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.