प्रा. डा. दयानन्द बज्राचार्य

प्रा. डा. दयानन्द बज्राचार्य

– गोपाल भण्डारी

पृष्ठभूमि

प्रा. डा. दयानन्द बज्राचार्य (२००२-२०७०) नेपालका प्रसिद्ध बैज्ञानिक तथा लेखक थिए। उनलाई नेपालका प्रथम वनस्पतिशास्त्रीको रूपमा पनि चिनिन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का उपकूलपति बनेका बज्राचार्यले ३ दशक भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। निकै लामो समय त्रिभुवन विश्वविद्यालयमा बज्राचार्य वनस्पति विज्ञान विभागको विभागीय प्रमुख रहेका बज्राचार्य सोही विश्वविद्यालयको शिक्षाध्यक्ष सम्म बनेका थिए।बज्राचार्य पछिल्लो समय स्तम्भ तथा पुस्तक लेखनमा सकृय थिए। उनले लेखेको एक काँटी सलाई, बैज्ञानिक गोरेटो, चेतनाको यात्रा लगायतका पुस्तक प्रकाशित छन्।

24466_117582434920790_5874083_n

अध्ययन र प्रध्यापन

 दयानन्दका हजुरबुबा नेपालकै प्रथम आयुर्वेद चिकित्सालय गुह्येश्वरी मेडिकल हलका संस्थापकहुनुहुन्थ्यो । काठमाण्डौको वस्ती मरुटोलमा जन्मनुभएका बज्राचार्यलेदश वर्षको उमेरसम्म स्थानीय शान्ति कुञ्ज स्कूलमा अध्ययन गर्नुभयो । पाँच र छ कक्षामा सोविद्यालयमा अध्ययन गरिसकेपछि एकैपटक नौ कक्षामा भर्ना हुनुभएका बज्राचार्यले १२ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गर्नुभयो । छोटो अवधिको लागि मानविकी क्याम्पसमा भर्ना भए पनिपछि बज्राचार्यकोअध्ययनको घुम्ती परिवर्तन भयो र लैनचौरस्थित पब्लिक साइन्स क्याम्पस (हालको अस्कल) मा भर्ना हुनुभयो । विशिष्ट श्रेणीमाआइएस्सी सकाएपनि चिकित्साशास्त्र पढेर डाक्टर बन्नुपर्दछ भन्ने परिवारको धून थियो । बिएस्सी अध्ययनका लागि घन्टाघरस्थित त्रिचन्द्रकलेजमा भर्ना भएपछि बज्राचार्य आमविद्यार्थी जस्तै बोटविरुवा र फूलका वासनाहरूमा रमाउनुभन्दा किन कुनै विरुवामा फूल फुल्दछ, किनकुनै विरुवामा फल लाग्दछ, किन कुनै बिरुवा रुख हुन्छ र किन सबै बिरुवा रुख हुन सक्दैन भन्नेजस्ता जिज्ञासु प्रश्न खेलाउने गर्नु हुन्थ्यो ।दयानन्द बज्राचार्यले शिक्षा मन्त्रालयले प्रदान गरेको स्नातकोत्तर (एमए)छात्रवृत्तिमा गोरखपुर विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएसँगै निर्णयमा आयो । सन् १९६६ मा उहाँले वनस्पति शास्त्रको स्नातकोत्तरतहको परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गर्नुभयो ।जर्मनीमा अध्ययन गर्दा बज्राचार्यले विश्वस्तरीय सुविधासहितको अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको थियो त्यो पनि नोबेल पुरस्कार प्राप्त दर्जनौं प्राध्यापकहरूको साथमा । जर्मनीको फ्राइबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका बज्राचार्यले प्लान्ट फिजियोलोजी र साइटो जेनेटिक्समा दख्खल हासिल गरेका थिए ।यही बीचमा उहाँले विश्वका चालिसभन्दा बढी देशहरूको भ्रमण गर्नुभयो । अध्ययनको क्रममा बज्राचार्यले नोबेल पुरस्कार प्राप्त झण्डै तीन दर्जन (३१ जना) वैज्ञानिकहरूसँग सङ्गत गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा ४१ वर्ष अध्यापन गरेका बज्राचार्य ३१ वर्षको उमेरमा प्राध्यापक भएका थिए । उनी विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा प्राध्यापक हुनेमा पर्छन् । नेपालमा राष्ट्रिय विज्ञान दिवस मनाउनुपर्छ भन्ने धारणा उनकै थियो।

प्रकाशनहरू 

 अँध्यारोमा एक काँटी सलाई,” “ वैज्ञानिक गोरेटोमा” र “चेतनाको यात्रा” सहित ९ पुस्तक प्रकाशित छन् । उनले धेरै विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान गरेका छन् र दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरूमा अनुसन्धात्मक लेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । अहिलेसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा वनस्पति विज्ञानमा ४० भन्दा बढी अनुसन्धान प्रतिवेदनहरू प्रकाशित छन् बज्राचार्यका । ती प्रतिवेदन नेपाल, भारत, फ्रान्स, इजरेल, जापान, जर्मनी, मलेसिया, बेलायत तथा अमेरिकाका प्रतिष्ठित प्रकाशनहरूमा छापिएका छन् । उपलब्धीको अर्को पाटो के हो भने ती अनुसन्धानका निश्कर्षहरू यूरोप र अमेरिकाका बार्षिक समीक्षा, विश्वविद्यालयस्तरीय पाठ्यपुस्तक तथा इन्साक्लोपेडियासम्ममा सङ्ग्रहित छन् । लामो समयदेखि नेपालीमा उनका विज्ञानसम्बन्धी लेख, रचना प्रकाशित भइरहेका थिए ।उनी पढिरहन्थे। लेखिरहन्थे। सिकिरहन्थे। सिकाइरहन्थे। विज्ञान तथा प्रविधिका पेचिला र कठिन विषयलाई ‘आमाले बुझ्नसक्ने भाषामा’ लेख्ने दयानन्दको खुबी सायदै कसैमा छ।एक जना असल व्यक्ति, वैज्ञानिक एवं विज्ञानसम्बन्धी उपयोगी लेख, रचनाको माध्यमबाट नेपाली साहित्यको श्रीबृध्दिमा सहयोग पु-याइरहने सर्जकको अन्त ! नेपाली विज्ञान-साहित्यको क्षेत्रमा अपुरणीय क्षति ! “लेखक वैज्ञानिक दयानन्द बज्राचार्यको ६९ वर्षको उमेरमा सोमबार काठमाण्डौमा निधन भएको हो ।

सम्मान र पदक

 सम्मान र पदकको सूचीमा पनि डा. दयानन्द बज्राचार्यसँग उत्तिकै रमाइला तथ्याङ्क छन् । सन् १९६७ को महेन्द्र विद्याभूषण दोस्रो, सोही वर्ष महेन्द्र विद्याभूषण प्रथम, सन् १९९९ मा प्रसिद्ध गोरखा दक्षिणबाहूलगायतका विज्ञान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदानका दर्जनौं प्रशंसापत्र र सम्मानका ओइरो लागेका छन् । पछिल्लो चरणमा पाइएका सम्मान र दोसल्लाको लामो सूचि त छँदैछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान

 सन् १९९८ मा बज्राचार्य आफैं प्रतिष्ठानको उपकूलपति नियुक्त हुनुभयो । स्थापनाको सोह्र वर्षसम्म आफ्नै स्थायी भवन संरचनासमेत थिएन प्रतिष्ठानसँग । कहिले वानेश्वर कहिले अनामनगर चहारिरहेको प्रतिष्ठानलाई एउटा संवैधानिक अंग सरहको विज्ञान तथा प्रविधि प्रतिष्ठान बन्यो । कर्मचारीको हातबाट प्रतिष्ठान विज्ञान क्षेत्रका व्यक्तिहरूको सरल पहुँचमा पुग्यो । नेतृत्व सम्हालेको तीन महिनामै प्रतिष्ठानको अहिलेको भवन रहेको हात्तिवनमा ८० रोपनी क्षेत्रफलको जमीन सरकारबाट स्वीकृत भयो । अन्ततः उहाँकै नेतृत्वमा प्रतिष्ठानले विज्ञान तथा प्रविधिको भन्नलायकको सुविधासम्पन्न भवनबाट कार्यसञ्चालन गर्ने हैसियत राख्यो । बज्राचार्य सन् १९९८ देखि २००६ सम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए । उनले त्रिविको रेक्टर तथा विज्ञान संकायको डिनका रुपमा पनि सेवा गरे।

धारणा 

 विज्ञान मनुष्य जातिको साझा सम्पदा हो । । विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो विज्ञान र प्रविधि दिगो विकासका आधारशिला हुन् र मानव भविष्यका लागि सर्वश्रेष्ठ आशा पनि ।’द्रुत गतिमा देशको विकास गर्ने हो भने सबभन्दा पहिला विज्ञान–प्रविधिसम्बन्धी ज्ञान शासक वर्ग र सर्वसाधारणसमक्ष पुर्याउनुपर्छ।’ शासक वर्ग र सर्वसाधारणले विज्ञान–प्रविधिको महत्त्व नबुझेसम्म विकासले गति लिँदैन’ भन्ने उनको धारणा थियो।

मृत्यु 

 २००२ सालमा काठमाडौंमा जन्मेका बज्राचार्यको २०७० कार्तिक २५ गते काठमाडौंको ओम अस्पतालमा निधन भयो। श्वासप्रश्वाससम्बन्धी जटिल खालको ब्रोङ्केलाज्मा रोगबाट पीडित उनको निधन भएको हो।दान गरेका कारण बज्राचार्यका आँखा तिलगंगा आँखा अस्पतालका चिकित्सकले निकालेका छन्।

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Related Articles