दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

डा. शुसील कोइराला,
वरिष्ठ दन्तरोग विशेषज्ञ 

पछिल्लो समयमा विश्वव्यापीरूपमा विकासक्रम तथा आर्थिक अवस्थाका कारण किटाणु, व्याक्टेरिया र भाइरसबाट लाग्ने सरुवा रोग घट्दै र जीवनयापनका कारण हुने नसर्ने रोगको मात्रा बढ्दै गएको छ । नसर्ने रोगको प्रमुख कारण नकारात्मक सोच, खानपान तथा व्यवहार परिवर्तन हो । तरकारी र अन्य उत्पादन बढाउनकालागि प्रयोग गरिने कीटनासक औषधिले मानव स्वास्थ्यमा प्रतिकुल अशर पारेको छ । कृषिको आधुनिकीकरणले रोगको मात्रा बढाउन मद्दत गरेको छ ।  केही बर्ष अघिसम्म अग्र्यानिक खाना उत्पादन र निर्यातमा प्रख्यात नेपाली किसान अहिले बिस्तारै फास्टफुड र जंकंफुडमा आर्कर्षित हँुदै गएकाछन् ।

रोगको संक्रमणको बढ्दो दरसँगै दन्त चिकित्साको महत्व पनि बढेको छ । पश्चिमा मुलुकमा मुख स्वस्थ राख्नुपर्छ भन्ने अभियान नै स्थापित भइसकेको छ । दाँतमा समस्या बिभिन्न कारणले हुने गर्छ । कतिपयलाई मुख फोहोर भएकै कारण मुटुरोग लागेको पनि पाइएको छ । क्यान्सर रोगमध्ये ११ देखि १५ प्रतिशत मुखको क्यान्सर हुने गरेको पाइएको छ । यसको कारण मुख तथा दाँतलाई गरिने लापरवाही नै हो । नेपाली समाजमा मुखको स्वास्थ्यसम्बन्धी सूचना पाएर पनि सचेतना भने अपनाएको पाइँदैन । सूचना र सचेतना फरकफरक कुरा हुन् । बिहान र वेलुका खानापछि ब्रस गर्नाले मात्र पनि ३० प्रतिशत मुुखको क्यान्सरबाट बँच्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । यो सचेतना अपनाउन सिकाएनि धेरैको ज्यान जोगाउन सकिन्छ । सुपारी, गुट्खा तथा सूर्ती सेवनले आजको भोलि नै समस्या देखिने होइन । यसले भविष्यमा जटिल रुप लिन सक्छ ।

मुख किटाणुको घर हो । त्यसैले समयसमयमा मुख तथा ¥यालको परीक्षण गराउनु पर्छ । यसैले ‘माउथ इज द मिरर अफ जनरल हेल्थ’ पनि भनिन्छ । गिँजामा रहेका किटाणु रगतमा पनि जाने भएकाले मुखबाट रोग चाँडै सर्ने संभावना बढी हुन्छ । ९० प्रतिशत सास गन्हाउने समस्या दातँको कारण हुन्छ । सास गन्हाउन थालेमा दन्त परीक्षण गर्नुपर्छ । मधुमेहको समस्या भएका मानिसमा गिँजा सुन्निने र दाँत छिटो हल्लिने गरेको पाइएको छ । छाला रोगीहरुमा पनि मुखभित्र दांग देखिन्छन् । त्यसैगरी पाठेघरको समस्याका भएका महिलाहरुमा मुखमा ¥याल कम आउने हुन्छ । मधुमेह भएका बिरामीको दाँतलाई अडाएर राख्ने हड्डी कमजोर हुने हँुदा उनीहरुको दाँत छिटो झर्छ । त्यसकारण मधुमेहका बिरामीले दाँतको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्छ । त्यसैगरी गर्भवती महिलाको मुख स्वस्थ हुनु जरुरी छ । यदि गर्भावस्थामा मुख स्वस्थ राख्न सकिएन भने बच्चा सानो जन्मिने हुन्छ  ।

यसरी हेर्दा शरीरको एउटा भागमा समस्या देखिएमा त्यसले अन्य भागमा पनि असर पारिरहेको हुन्छ । मुख र दन्तस्वास्थ्य खर्चिलो पनि भएकाले समयमै बिचार पु¥याउनु पर्छ । नेपालीहरुमा दाँत नदुख्दै वा प्वाल नपर्दै चिकित्सकोमा जाने चलन छैन । दन्त चिकित्सामा  रोकथामले ठूलो महत्व राख्छ । सामान्य रोकथाम भनेको बिहान बेलुका खाना खाइसकेपछि दाँत माझ्नु हो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार, दिनको दुई पटक ब्रस गर्दा दाँतमा कीरा लाग्ने समस्या ५५ देखि ६० प्रतिशत कम हुन्छ । मुख तथा दाँतको समस्याले मृत्यु नहुने भएपनि यो रोग मृत्युको कारण बन्न सक्छ । ८० वर्ष कटेका वृद्धवृद्धाको २० वटा मात्र पनि दाँत जोगाउन सकेमा उनीहरुको जीवन लम्ब्याउन सकिन्छ भन्ने जापानी  उखान छ । यो विज्ञानले पनि पुष्टि गरेको कुरा हो । मानिसमा जति थोरै दाँत भयो त्यति नै रोगको सम्भावना बढी हुन्छ । बुढेसकालमा लाग्ने रोग अल्जाइमरको कारणसमेत दाँत नहुने वा कम हुने गरेकोसमेत अध्ययनले देखाएको छ ।

बच्चाहरुको खाजामा आजभोलि परिवर्तन आउन थालेको छ । उनीहरुको टिफिन बट्टामा बिस्कुट, चाउचाउ र जंकफुड राख्न थालिएको छ । एक अध्ययनले देखाए अनुसार, बच्चाहरु घरमा हुँदा उनीहरुको दाँत कीराले खाँदैन  । तर स्कुल भर्ना भएपछि उनीहरुको दाँत कीराले खान थाल्छ । नेपालकै सन्दर्भमा क्रा गर्दा भने अझै पनि झाडापखालाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा मुख तथा दन्त स्वास्थ्यले प्राथमिकता नपाउनु स्वभाविक नै हो । मानिस तनावमा बढी रहेकै कारण घुर्ने समस्या पनि बढ्न थालेको छ । विगत दश÷बाह्र वर्षको मेरो अनुभवमा पहिला १० जनामध्ये एकजनामा घुर्ने समस्या थियो भने अहिले १० जनामध्ये  ८ जनामा यो समस्या देखिन थालेको छ । त्यसमा पनि युवाहरुमा यो समस्या बढी देखिएको छ । तनावले गर्दा दाँत किट्ने र टाउको दुख्ने समस्या हुन्छ । तनावको सूचकको रुपमा दाँतलाई पनि हेर्न सकिन्छ । चुरोटले पनि पहिला फोक्सो र मुखमा नै असर गर्छ ।

नेपालीहरुको मुख पनि सानो हँुदै गएको छ । जसकाकारण दुधे दाँत निकाल्न पनि दन्त चिकित्सककोमा जानुपर्ने अवस्था छ । नेपालीको शरीर भन्दा मुख सानो हुने हँुदा दातको जगको आकार सानो हुन्छ, यसले गर्दा दाँत बाङ्गोटिङ्गो आउन थाल्छ । अहिले समाजमा निकै देखिएको र धेरैले वास्ता नगरेको समस्यामा सास गनाउने समस्यालाई लिन सकिन्छ । आफ्नो सास गनाएको आफैंलाई थाहा हँुदैन । मुख स्वस्थ राख्न सक्यो भने ९० प्रतिशत सास गनाउने समस्या कम गर्न सकिन्छ । दाँतकै उपचारकालागि आजभोलि डेन्टल क्लिनिक पनि प्रसस्त खुलेका छन् । यसले गर्दा बिरामीमा कहाँ राम्रो उपचार हुन्छ भन्ने अन्यौल बढेर गएको छ । त्यसकारण आफूले सेवा लिने दन्त चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको छ कि छैन, जान्नु जरुरी हुन्छ । काउन्सिलमा दर्ता भएको चिकित्सकले दाँत बिगारेमा मुद्दा हाल्न पाइन्छ भने दर्ताबिनाका व्यक्तिले बिगारेमा क्षतीपुर्ती पाइँदैन । दन्त चिकित्सा महँगो भएकाकारण दूधे दाँत २ देखि ६ वर्षको उमेरमा एकपटक जँचाउने गर्नुपर्छ । त्यसपछि दाँत साटिने ८/९ वर्ष र  १७ वर्षको उमेरमा दाँतको परीक्षण गराउनु पर्छ ।

साभार :  रेडियो कार्यक्रम मेरो डाक्टर, डा. शुसील कोइराला, वरिष्ठ दन्तरोग विशेषज्ञ 

 

Categories: Uncategorized

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.