गणितमा कसरी राम्रो अंक ल्याउने ?

गणितमा कसरी राम्रो अंक ल्याउने ?

10405558_10153075163221779_53274836353391610_n

  – सागर दाहाल

गणित अनुसन्धान तथा अध्ययन केन्द्रले २०७१ ।११।१६ गतेका दिन मेकअप टेस्ट परीक्षा संचालन गरिएको थियो । उक्त परीक्षामा ३००जना SLC का विद्यार्थी भाइ बहिनीहरुको सहभागिता थियो । उनीहरुको उत्तरपुस्तिकाको र अनुभवी दक्ष शिक्षक शिक्षिकाको अन्तर्वार्ता अनुसार गणित विषयमा १०० र १०० ल्याउन सकिने देखिएको पाइयो ।

उक्त परीक्षामा सहभागी विद्यार्थीहरु १२ ओटा विभिन्न विद्यालयका थिए । सहभागी विद्यालयहरुमा द सेलिब्रेसन को एड्., जोरपाटी, मिनिल्यान्ड स्कुल, थली, एभरग्रिन उ.मा.वि., साँखु, साँखु पालुबारी सामुदायिक विद्यालय, स्प्लेन्डिड भ्याली स्कुल, साँखु, चामुन्डा इन्टिच्युट, जोरपाटी, रिभेरा इन्टरनेसनल स्कुल, चावहिल, ज्ञानचेन स्यामलिङ् स्कुल, बौद्ध, इलाइडस्् को एड्., नक्साल, नवमञ्जुश्री स्कुल, कपन, काठमान्डु युनिफाइडसिटी उ.मा.वि., चावहिल र प्यानसी इन्टिच्युट, नारायणटार रहेका थिए ।

उक्त परीक्षाको मूल्याङ्कन गर्दा विद्यार्थीहरुलाई हाउगुजी लाग्ने गणित विषयमा राम्रो अङ्क ल्याउने धेरै तरिका भेटिएका छन् । यदि तल समावेश गरिएका कुराहरुलाई ख्याल गरेर २०७१ सालको चैत ८ गते, आइतवार हुने गणित विषयको SLC परीक्षामा उपयोग गर्दा उक्त विषयको नतिजामा १०० मा १०० आउने कुरा गणित अनुसन्धान तथा अध्ययन केन्द्रले सर्वेक्षणबाट पत्ता लगाएको थियो ।

गणित विषयको परीक्षामा ख्याल गर्नु पर्ने कुराहरु यस प्रकार छन् :

१. प्रश्न राम्रोसंग पढेर सफा र राम्रोसंग नकेरिकन लेख्ने
२. परीक्षार्थीले उत्तरपुस्तिकाको लाइनहरुको बिचमा मात्र लेख्ने, लाइनको माथि वा मुनि नलेख्ने
३. दुई सङ्ख्या पत्ता लगाउनुहोस् भन्दा X र Y  को मानमात्र पत्ता लगाएर न छोड्ने, त्यसको सट्टामा अतः दुई सङ्ख्या यो र यो हो भनेर निचोड लेख्ने
४.प्रश्नमा दिइएका चित्रहरु उत्तर पुस्तिकामा बनाउँदा राम्रो देखिनुका साथै आफु पनि प्रस्ट भइन्छ ।
५. पाइथागोरस साध्यद्धारा केही भुजाहरु निकाल्नु छ भने अनिवार्यरुपमा चित्र बनाउनु पर्दछ ।
६. म.स. र ल.स. निकाल्दा सुत्र दायाँ छेउमा लेखेर गर्दा समाधान बिग्रदैन ।
७. आफुलाई पूर्णरुपमा आउने प्रश्नमात्र सुरुमा हल गर्नु पर्दछ अन्यथा डरलाग्ने र आत्तिने जस्ता समस्याहरु देखापर्दछन् ।
८. स्टेपवाइज उत्तर दिंदा पुरा नमिलेको खण्डमा पनि आधा अङ्क प्राप्त गर्न सकिन्छ ।
९. चाहिने सबै सामान आफुसंग हुनु पर्दछ । परीक्षामा साथीको सामान माग्नु राम्रो होइन ।
१०. जुनसुकै प्रश्न हल गरे पनि प्रश्न नम्बर लेख्न बिर्सनु हुँदैन ।
११. रचना गर्नु पर्ने प्रश्नमा तिखो सिसाकलम प्रयोग गरी न दोहोर्याइकन सफासंग गर्नु पर्दछ । रचना गर्दा दिइएको कोंण, भुजा वा विकर्ण सबैको नाप लेख्नु पर्दछ ।
१२. प्रयोगात्मक चित्रहरु बनाउँदा दुईओटा चित्र जसमा वृत्तको अर्धव्यास r = 3 cm भन्दा बढी हुनु पर्दछ र कोंण राम्ररी प्रोटेक्टरबाट नापी चित्रमा देखाउनु पर्दछ ।

यदि माथिका कुराहरुलाई प्रयोगमा ल्याएर SLC  को गणित विषयको परीक्षा दिइयो भने राम्रो अङ्क ल्याउन सक्ने यस केन्द्रले ठानेको छ ।

* लेखक   गणित अनुसन्धान तथा अध्ययन केन्द्र, काठमाडौंका अध्यक्ष र द सेलिब्रेसन को एड्. स्कुल, जोरपाटीका कोअर्डिनेटर हुनुहुन्छ ।

सुझाव र सल्लाहको लागि  : sagardahalphy@gmail.com

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.